images

मंगलवार, बैशाख २५ गते २०८१

संसदमा पुस्तकालयको महत्व : सरोकारवालालाई चासो छैन

संसदमा पुस्तकालयको महत्व : सरोकारवालालाई चासो छैन

images
images
images
शनिवार, आषाढ १९ २०७८
शनिवार, आषाढ १९ २०७८
  • संसदमा पुस्तकालयको महत्व : सरोकारवालालाई चासो छैन

    बुटवल, १९ असार । 
    मुलुक र जनताका लागि कानून विधि आदि निर्माण गर्ने, कानून कार्यान्वयन, अनुगमन र नियमन समेत गर्ने अधिकार सम्पन्न संसदमा पुस्तकालयको पनि महत्वपुर्ण स्थान हुन्छ । संसदका सदस्य तथा कर्मचारीहरुलाई कानून निर्माणका क्रममा आवश्यक पर्ने जानकारी लिन, अध्ययन, अनुसन्धान र अभिलेख संग्रहका लागि अभिलेखालयसहितको पुस्तकालयको आवश्यक्ता पर्ने सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् ।

    images
    images
    images

    लोकतान्त्रिक ब्यबस्थामा संसद भनेको कानून निर्माण गर्ने मुख्य थलो हो । कानून निर्माण गर्दा कानून निर्माताहरुलाई आवश्यक पर्ने बिभिन्न सन्दर्भ सामाग्रीहरुको उपलब्धता, अध्ययन, व्यवहारिक रुपमा अनुसन्धान, प्रयाप्त छलफल, आवश्यक परामर्श लगायतको आवश्यकता हुन्छ भन्ने कुरामा उनीहरु विश्वास गर्छन् । 

    यसैबीच संसदमा पुस्तकालयको आवश्यकता र महत्वलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशसभा सचिवालयमा भविष्यमा बिशेष प्रकारको अभिलेखालय बनाउने उद्देश्यका साथ पुस्तकालयको स्थापना गरिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनमगरले बताए । 

    संसदका गतिविधिहरुको अभिलेख राख्न, सांसदहरुलाई अध्ययनको अवसर मिलाउन र ऐन कानून निर्माणका विधि एवं प्रक्रियाका बारेमा सम्पूर्ण जानकारीका लागि अन्तर्राष्ट्रिय मापदण्डको समेत अनुसरण गर्दै पुस्तकालय स्थापना गरिएको सचिव पुनले जानकारी दिए । 

    अन्तर्राष्ट्रिय मान्यता अनुसार संसदका ५ वटा मुख्य आधारभुत वस्तुहरुमध्ये पुस्तकालय पनि एक रहेको उल्लेख गर्दै सचिव पुनले पुस्तकालयमा विभिन्न १० विधाका ३ हजार भन्दा बढी आवश्यक पुस्तकहरुका साथै पत्रपत्रिका र १० थान कम्पूटर सहितको ई-लाईब्रेरी पनि संचालन गरिएको बताए।

    पुस्तकालयमा बसेर आवश्यक अध्ययन गर्ने, आफूलाई आवश्यक पर्ने पुस्तकहरु घरमै लगेर अध्ययन गर्न पाइने, ई–लाईब्रेरीबाट आफुलाई आवश्यक पुस्तक लगाएतका सन्दर्भ सामग्रीहरु पेनड्राईभमा समेत कपि गरेर लैजान सकिने व्यवस्था मिलाइएको संसद सचिवालयका कर्मचारी दिवाकर पन्थीले बताए । यहाँ राजनीतिशास्त्र, समाजशास्त्र, संविधान, कानुन, उपन्यास लगायत विभिन्न १० विधाका पुस्तक तथा सन्दर्भ सामाग्रीहरुको उपलब्धता रहेको बताउँदै पन्थीले पुस्तकालयमा सभामुख, उपसभामुख, केही प्रदेशसभा सदस्यहरुका साथै सचिवालयका कर्मचारीले समेत नियमित रुपमा उपस्थित भएर अध्ययन गर्ने गरेको जानकारी गराएका छन् ।

    अधिकांश सांसदहरु भने पुस्तकालयप्रति खासै चासो राख्दैनन् । प्रारम्भिक अवस्थामा अधिकांश सांसदहरुले खासै चासो नदेखाए पनि पछिल्लो समय भने पुस्तकालयप्रति आकर्षण बढ्दै गएको उनले जानकारी गराए । अधिकांशले उपन्यास लैजाने गरेको उनि उनले जानकारी गराए ।

    लुम्बिनी प्रदेश संसदको पुस्तकालय सांसद र कर्मचारीलाई मात्र नभइ अध्ययन अनुसन्धान गर्न चाहाने सम्पुर्ण नागरिकका लागि खुला रहेको संसद सचिवालयले जनाएको छ । पुस्तकालयका लागि आवश्यक सामग्रीहरु संकलन गर्दै थप्दै जाने र समय अनुसारको पूर्ण रुपले व्यवस्थित र कानून निर्माताहरुका लागि सुविधासम्पन्न पुस्तकालय बनाउने लक्ष्य रहेको सचिवालयले जनाएको छ । 




    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij