२०८२, कार्तिक २१ गते

Nov 07 2025 | २०८२, कार्तिक २१ गते

पत्रकारिताका कारण हिल्टन होटल जल्यो : चलचित्र बोर्ड अध्यक्ष दाहाल

शुक्रवार , कार्तिक २१, २०८२

  • 292
    Shares
  • 292
    Shares
  • काठमाडौं, २१ कार्तिक । नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गर्नुभएको छ । 

    आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाँले पत्रकारीताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरु संयमित हुन जरुरी रहेको बताउनु भयो । डिसिले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताउनु भयो । 

    अध्यक्ष दाहालले भन्नुभयो– ‘हिल्टन होटल कसरी जल्यो ? अरु ककसको जल्यो जल्यो होला, हिल्टन कसरी जल्योे भन्दा पत्रकारिताकै कारणले गर्दा मात्रै जल्यो । जल्यो देशलाई घाटा भयो ।

    पर्यटन उद्योगलाई घाटा भयो । तर लगानीकर्तालाई घाटा भएन । इन्सोरेन्सबाट उसले ७ अर्ब लिइसक्यो । उसलाई त्यहाँ डेढ अर्ब फाइदै भयो । पत्रकारिताको इगोले एउटा कुरा जित्न खोज्दा बिग्रेको हो नी त ।’

    इगो राखेर पत्रकारितामा गर्दा देश समाजलाई ठूलो नोक्शानी पु¥याउने उहाँको भनाइ छ ।