२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

खेलकुद पत्रकार दिवसमा शुभकामना आदानप्रदान

शुक्रवार , आषाढ १८, २०७८

बुटवल, १८ असार ।
विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर रुपन्देहीका खेलकुद पत्रकारहरु शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरी मनाएका छन् ।  कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले खेलकुद जीवनको एउटा महत्वपूर्ण पाटो भएको बताए । खेलकुद कानून बनाउने देशमै बुटवल पहिलो पालिका भएको उनले बताए । त्यसै गरी प्रशिक्षक, खेलाडी सुचीकृत गर्ने, तालिमहरु व्यवस्थापन, नगरमा आयोजना गरिने प्रतियोगिताहरुको एकरुपता ल्याउन नीति बनाएर अघि बढाएको भन्दै उनले सकारात्मक विचार र चिन्तनबाट अघि बढ्न सके विकासमा टेवा मिल्ने बताए । 

नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारीले खेलकुद विधामा कलम चलाउने पत्रकारहरुलाई एकतावद्घ गराई संस्थागत रुपमा अगाडि बढाएको बताए । सन १९९४ जुलाई २ बाट विश्वभर खेल क्षेत्रमा आवद्ध पत्रकारहरु दिवस मनाउन सुरु गरेको उनले बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रका सदस्य भवानी प्रसाद पाण्डेले विश्व खेलकुदको आयोजना पर्वका रुपमा रहेको बताए । खेलकद क्षेत्रमा कुरा गरेजस्तै व्यवहारिक रुपमा कार्यान्वयन पक्षमा जोड दिनुपर्ने सुझाव दिए । सरकारबाट क्षमतावान पत्रकार तयार गर्न भएका लगानीबारे सरोकारवाला बिच छलफल गराएर योजनावद्घ रुपमा लाग्नुपर्ने बताए ।  

नेपाल ओलम्पिक कमिटीका सदस्य दीर्घ बहादुर केसीले खेलकुदसंग आवद्ध संस्थाहरुसंग समन्वय गरी तालिम र क्षमता विकासमा लाग्न सुझाव दिए । लुम्बिनी प्रदेश सरकारबाट खेलकदमा सम्भावना बोकेको रुपन्देहीमा लगानीमा कन्जुस्याइँ गरेको दुःखेसो गरे । 

पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, पूर्व उपाध्यक्ष भरत केसी, जिल्ला अध्यक्ष रामराज पोखरेल, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवाली, रुपन्देही स्कुल तेक्वान्दो संघका अध्यक्ष राजकुमार पाण्डेले खेल र खेलाडीको विकासमा पत्रकार निरन्तर सहयोग हुनुपर्ने बताए ।