२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

लायन्स–लियो स्टार्सद्वारा रक्तदान

बिहिवार , आषाढ १७, २०७८


बुटवल, १७ असार ।
लायन्स क्लब बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बिहीबार बुटवलको रक्त संचार केन्द्रमा रक्त संचारको प्राविधिक सहयोग रक्तदान गरेको छ । नवनिर्वाचित अध्यक्ष एन्जील खानले पहिलो दिनमा रक्तदान गरेर सामाजिक कार्यको सुरुवात गरेका हुन् । अब ९० दिनमा पुनः रक्तदान गर्ने खानले बताए ।

कार्यक्रममा ६३ जनाले रक्तदान गरेका संयोजक डिएस भट्टराईले जानकारी दिए ।  कार्यत्रमmमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भ्वाइस गभर्नर नवराज न्यौपानेले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको र विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंसा गरे ।

कार्यक्रममा डिपुटी एसक्युचिफ अर्जुनमान सैजु, डिष्ट्रिक डिपुटी चिफ सन्दिप कसौधन, एओजी आशिष कृष्ण श्रेष्ठ, रिजन चेयरपर्सन एमएल पाण्डे, लियो  एरिया ४ चिफ सुमन अधिकारी, लियो स्टार्सका अध्यक्ष विनोद कुमार जयसवाल लगायतले बोलेका थिए ।