
बुधवार , आषाढ १६, २०७८
बाँके, १६ असार ।
विसं. २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जानकारी दिए ।
निकुञ्जमा सन् २०१८ को बाघगणना अनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो । सरकारले बाघको संख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij