
मंगलवार , आषाढ १५, २०७८
भैरहवा, १५ असार ।
असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर रुपन्देहीले दही चिउरा खाने कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु र र युवा संघले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तथा नेकपा (एमाले) का नेता तुलसी प्रसाद चौधरीले कृषिको आधुनिकरण आजको आवश्यकता रहेको बताए । उनले मुख्य रुपमा आफूहरु किसानकै सन्तान भएकाले कृषि क्षेत्रको विकासलाई जोड दिनुपर्ने बताए । सांसद चौधरीले पछिल्लो समय अन्नबाली फस्टाउन नसकेकोले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
कार्यक्रम संयोजक तथा राष्ट्रिय युवा संघका नेता सुवास पाण्डेको स्वागत तथा अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक सरोज ठकुरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले रुपन्देहीका सचिव विश्वराज बराल (अनुप) जिल्ला सचिवालय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थी, एमाले सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्य, नेता भरत पोखरेल, राजेन्द्र प्रसाद पन्थी, एमाले क्षेत्र नम्बर ३ का सदस्य उमेश थापा मगर, सिद्धार्थनगर सचिव चक्र बहादुर थापा, राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष नर्जुन गुरुङ, अनेरास्ववियु रुपन्देहीका संयोजक साजन भण्डारी, युवा नेता वाई.पी. आचार्य सुशान्त, मिलन दर्लामी, कृष्ण मल्ल, सागर न्यौपाने, रोशन थापा लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij