२०८३, कार्तिक १ गते

Oct 17 2026 | २०८३, कार्तिक १ गते

व्यवसायिक वातावरण खस्किंदै गएकोमा तिलोत्तमा व्यापार संघको चिन्ता

शनिवार , कार्तिक १, २०८३

  • 262
    Shares
  • 262
    Shares
  • तिलोत्तमा, ३१ असोज । उद्योगी–व्यवसायीहरुले मुलुकको असहज अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकार निजी क्षेत्रको मनोवल गिराउने दिशातर्फ उन्मुख भइरहेको बताएका छन् । तिलोत्तमा व्यापार संघले विजया दशमी, शुभदीपावली, छठ र नेपाल सम्वतको अवसरमा शनिबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले सरकारले गलत कार्यशैली र नीति अवलम्वन गर्दा व्यावसायिक वातावरण खस्कँदै गएको बताए।

    कार्यक्रममा नेपाल चेम्वर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं संघका संस्थापक अध्यक्ष झविन्द्र प्रसाद कंडेल, संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, प्रथम उपाध्यक्ष मानबहादुर बर्मा, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, आर्थिक सल्लाहकार नुमेन्द्र पौडेल, महासचिव चेतनारायण विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष कंडेलले वर्तमान असहज व्यवसायिक वातावरणप्रति चिन्ता व्यक्त गर्दै सरकार कहाँबाट सञ्चालित छ भन्ने कुराको शंका उब्जिएको बताउनुभयो ।  ‘व्यवसाय सुचारु राख्न नीति तथा वातावरण अनुकूल हुनुपर्छ । तर, अहिलेको सरकारको रवैया हेर्दा त्यस्तो देखिंदैन, सरकार नै कहाँबाट सञ्चालित छ भन्ने आशंका उब्जिएको छ’, उहाँले भन्नुभयो ।

    संघका अध्यक्ष न्यौपानेले व्यापारीले सामना गरिरहेको चुनौतीहरू समाधान गर्न ठोस कदम आवश्यक रहेको बताउनुभयो । उहाँले आर्थिक गतिविधि सुचारु राख्न सबै पक्षको समन्वय अनिवार्य रहेको उल्लेख गर्दै स्थानीय उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न संघले निरन्तर पहल गर्दै आएको बताउनुभयो ।

    प्रथम उपाध्यक्ष बर्माले व्यवसायिक वातावरण अस्थिर भएको अवस्थामा व्यवसायीहरूलाई आवश्यक सुरक्षा र सहयोग प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी समय व्यवसाय सुचारु राख्न ठोस रणनीति र सहकार्य महत्वपूर्ण हुने पनि उल्लेख गर्नुभयो ।

    कार्यक्रममा सहभागी व्यवसायी तथा संघका सदस्यहरूले आपसी मेलमिलाप र पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै समृद्ध व्यवसायिक वातावरणका लागि साझा प्रयास गर्न प्रतिबद्धता जनाएका थिए ।