
सोमवार , आषाढ १४, २०७८
भैरहवा, १४ असार ।
एक्लोलाई सहारादिने वृक्ष समूह रुपन्देहीले सोमबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका भैरहवास्थित आफ्नै कार्यालय परिसरमा समूहले आयोजना कार्यक्रममा २५ जनाले रक्तदान गरेको कार्यालय संयोजक मनिला न्यौपानेले जानकारी दिइन् ।
सशक्तिकरण नेपाल रामग्राम–३ परासी, नवलपरासी, साहसी कदम नेपाल रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सह–आयोजनामा भएको कार्यक्रममा बोल्दै एक्लोलाई सहारा दिने वृक्ष समूहकी कार्यालय संयोजक न्यौपानेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि सामाजिक उतरदायित्वका साथ आज रक्तदान कार्यक्रम सम्पन्न गरेको बताइन् ।
‘अझै पनि समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन, हामी पनि यही समाजका मानव नै हौ त्यसैले हामीले पनि सामाजिक कार्यमा पाइला अगाडी बढाउनुपर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौं, संयोजक न्यौपानेले भनिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij