images

सोमवार, बैशाख २४ गते २०८१

लुम्बिनी प्रदेश सभामा बिभिन्न बिषयगत समितिको बैठक : अनुगमनलाई प्राथमिकता 

लुम्बिनी प्रदेश सभामा बिभिन्न बिषयगत समितिको बैठक : अनुगमनलाई प्राथमिकता 

images
images
images
सोमवार, आषाढ १४ २०७८
सोमवार, आषाढ १४ २०७८
  • लुम्बिनी प्रदेश सभामा बिभिन्न बिषयगत समितिको बैठक : अनुगमनलाई प्राथमिकता 

    बुटवल, १४ असार ।

    images
    images
    images

    लुम्बिनी प्रदेश सभाको आठौं अधिबेशन आगामी असार २७ गतेसम्मका लागि स्थगित गरिएको भएपनि मिनि संसद मानिने बिषयगत समितिहरुको बैठक भने जारी छ। प्रदेश संसद बैठक हठात् स्थगित भएका कारण कुनै गतिबिधी नभएजस्तो लागेपनि बिषयगत समितिहरु भने बैठक बसी बिभिन्न निर्णयहरु गर्न सक्रियताका साथ लागि रहेका छन्। 

    यसैबिच हालै बसेको प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठकले समसामयिक बिषयमा बिभिन्न निर्णयहरु गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। समितिका सभापति डिल्लीबहादुर चौधरीको सभापतित्वमा बसेको बैठकले प्रदेश सरकारको कर्मचारी संरचना र स्थायी एवं अस्थायी कर्मचारीको बर्तमान अवस्थाका बारेमा प्रदेश सरकारका मुख्य सचिव भरतमणी सुबेदीसँग छलफल गरेको छ। 

    यसैगरि बैठकले चालु आर्थिक बर्षमा बिभिन्न मन्त्रालयहरुको बित्तिय तथा भौतिक प्रगतीका बारेमा सरकारका प्रतिनिधीसँग जानकारी माग गर्ने निर्णय गरेको समितिका सचिव आलोक अग्रहरीले बताएका छन्। बैठकले आर्थिक वर्ष २०७४—०७५ र २०७५—०७६मा महालेखा नियन्त्रकको कार्यालयको प्रतिबेदनमा उल्लेखित बेरुजु फस्र्यौट गरिएको वा नगरिएको भन्ने पछिल्लो अवस्थाका बारेमा पनि छलफल गरिएको र सम्बन्धित मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको छ। 

    यस्तै भौतिक पुर्वाधार तथा बिकास समितिको बैठक बसी स्थलगत अनुगमन लगाएतका बिभिन्न निर्णयहरु गरेको सचिवालयले जनाएको छ । समितीका सभापति आशा स्वर्णकारको सभापतित्वमा सम्पन्न सो बैठकले बिगत केही महिनायता महामारीका रुपमा फैलिईरहेको कोभिड १९ को संक्रमणका कारण रोकिएको योजना कार्यान्वयनको अवस्थाबारे गर्ने भनिएको स्थलगत अनुगमन कार्यलाई अघि बढाउने निर्णय गरेको छ । 

    बैठकले भौतिक पुर्वाधार बिकास मन्त्रालय अन्तर्गतका बिभिन्न जिल्लामा संचालित बिकासे योजनाहरुको कार्यान्वयनको अवस्थाका बारेमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको समितिका सचिव सम्झना सुबेदीको भनाई छ। सचिव सुबेदीका अनुसार यसअघि मन्त्रालयका महाशाखा प्रमुखहरुसँग योजना निर्माण तथा कार्यान्वयनको अवस्थाका बारेमा समितिमा बोलाएर छलफल समेत गरिएको थियो। समितिको कार्यक्षेत्र अनुसार उर्जा, सिंचाई, बिद्युत, सडक यातायात लगाएतका भौतिक पुर्वाधार बिकासका योजनाहरुको अनुगमन गरिने छ। सचिव सुबेदीका अनुसार बैठकले स्थलगत अनुगमनका लागि प्रदेश सभा सदस्यहरुको ४ वटा टोली बनाई बिषयगत र क्षेत्रगत हिसावले परिचालन गर्ने निर्णय गरिएको छ।

    साथै सामाजिक बिकास समितिको पछिल्लो बैठकले पनि स्वास्थ्य मन्त्रालयसँग जानकारी माग गर्ने लगाएतका बिभिन्न निर्णयहरु गरेको छ। बैठकले कोभिड १९को दोश्रो लहरका सन्दर्भमा यसको रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा भएगरेका कार्य प्रगतीका बारेमा सम्बन्धित मन्त्रालयसँग ३ दिनभित्र आउने गरि जानकारी माग गर्ने निर्णय गरेको छ।

    साथै बैठकले कोभिड १९ को संभावित तेश्रो लहरको सन्दर्भमा आवश्यक पुर्व तयारीका बारेमा भएका सचेतना लगाएतका गतिबिधीका बारेमा स्वास्थ्य मन्त्रालयसँग समितिलाई यथासिघ्र जानकारी गराउन समेत माग गरेको छ।  

    जेष्ठ सदस्य बाबुराम गौतमको सभापतित्वमा बसेको समितिको बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका भए गरेका कार्यहरुको स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ। यसका लागि समितीले बिभिन्न टोलीहरु गठन गरि अनुगमनका लागि आवश्यक तयारी अघि बढाइएको समितिका सचिव कृष्ण प्रसाद गौतमले बताएका छन्। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij