२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

नेपाल नियमित रक्तदाता संघद्वारा सिद्धार्थनगरमा शाखा विस्तार

शुक्रवार , आषाढ ११, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ११ असार ।
    नेपाल नियमित रक्तदाता संघ बुटवल रुपन्देहीले सिद्धार्थनगर (भैरहवामा) शाखा विस्तार गरेको छ । संगम न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सिद्धार्थनगर समिति सर्वसम्मत चयन गरिएको संघले जनाएको छ । जसको उपाध्यक्षमा उर्मिला सिलवाल, सचिवमा वाई.पी. आचार्य (सुशान्त), कोषाध्यक्षमा सरिता राना र सह–सचिवमा गोपाल भण्डारी रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा लिलाधर भट्टराई, भीम भण्डारी, सुरज भट्टराई, सरोज ठकुरी, प्रतिक भण्डारी र आकाश पौडेल रहेका छन् ।