२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग

सोमवार , आषाढ ७, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • काठमाडौं, ७ असार ।
    अनलाइन टिभी पत्रकार संघले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । संघका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् ।

    गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको संघले जनाएको छ । संघले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबीनलाई कडाइ गर्न, शंका लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि संघले सबैलाई अनुरोध गरेको छ ।

    साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि संघले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ । रासस