images

आइतवार, बैशाख २३ गते २०८१

विपक्षी दलका सांसदहरु सभाबाट निस्केपछि लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

विपक्षी दलका सांसदहरु सभाबाट निस्केपछि लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

images
images
images
आइतवार, आषाढ ६ २०७८
आइतवार, आषाढ ६ २०७८
  • विपक्षी दलका सांसदहरु सभाबाट निस्केपछि लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

    बुटवल, ६ असार । 
    लुम्बिनी प्रदेशका विपक्षी दलहरूले सभाको बैठक बहिस्कार गरेपछि आजको बैठक बस्न नसकी स्थगित भएको छ । प्रदेशसभामा विपक्षी गठबन्धनका सबै प्रदेश सभा सदस्यहरुले सरकारको वैद्यता देखाउन माग गर्दै बैठक बहिष्कार गरेको जनाएका छन् । बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटका बिषयमा छलफलमा भाग नलिने भन्दै बैठक बहिस्कारको घोषणा गरेपछि ३ः१५ बजे सम्मका लागि बैठक स्थगित गरिएको थियोे ।
    विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकार वैध कि अवैध भनेर पहिले छुट्याइनुपर्ने माग गरेको छ । त्यसपछि मात्रै प्रदेश सरकारले ल्याएको बजेट पास गर्नतिर सोच्न सकिने विपक्षी गठबन्धनको अडान छ । विपक्षी गठबन्धनको बहुमत भएको दावी गरिरहेका दलहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन भने बाटो खोलिदिएका थिए ।

    images
    images
    images

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले सरकार आफै अबैध रहेको समयमा ल्याएको बजेट आफुहरुलाई मान्य नहुने बताए । प्रमुख सचेतक खानले पहिले सरकारले बजेट पूर्वको छलफलमा कुनेैपनि नयाँ कार्यक्रम नरहने, पूर्ण कोभिड केन्द्रित हुने र पुराना कार्यक्रमलाई मात्र निरन्तरता दिने भने पनि त्यो अनुसार बजेट नआएको बताए ।  
    त्यस्तै विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भए पनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् । मुख्यमन्त्रीसंग प्रदेशसभामा विश्वासको मत नरहेको विपक्षी दलहरुको दावी छ ।  

    यही विवादका बीच कांग्रेस, माओवादी, जसपासहितका विपक्षी गठबन्धनले आइतबारको प्रदेशसभा बैठकमा आफ्नो धारणा राखेर बहिष्कार गरेको जनाएका छन् । बैठकमा आय व्ययको छलफल भएपछि आइतबार नै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो । यही विवादको कारणले अर्को प्रदेश सभाको बैठक असार ९ गते बुधबार बस्ने सचिवालयले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij