२०८२, आश्विन ५ गते

Sep 21 2025 | २०८२, आश्विन ५ गते

अर्घाखाँचीमा बेवारिसे अवस्थामा छटपटाइरहेकी महिलाको उपचारको क्रममा मृत्यु

शनिवार , आषाढ ५, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • अर्घाखाँची, ५ असार ।
    अर्घाखाँचीमा बेवारिसे अवस्थामा छटपटाइरहेकी एक महिलाको उपचारका लागि अस्पताल पु¥याएपछि उपचारको क्रममा मृत्यु भएको छ।

    जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर २ को पुरानो बसपार्कमा छटपटाइरहेको अवस्थामा देखेपछि प्रहरी र स्थानीयले जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचारको लगे पनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    अन्दाजी ५०/५५ वर्षिय ती महिला नाम,थर नखुलेकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिए । शुक्रबार बेवारिसे अवस्थामा प्रहरीले भेटाए पनि ती महिला उपचार गर्न जान नमानेकोले आज मात्र उपचारको लागि अस्पताल लगिएको थियो ।