
बिहिवार , आषाढ ३, २०७८
नवलपरासी ,३ असार
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाद्बारा किशोर किशोरी सञ्जाललाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । सरावल गाउँपालिकामा एबिसि नेपालद्धारा सञ्चालित प्रतिभा किशोर किशोरी सञ्जाललाई सरावल गाउँपालिकाले स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको हाे । सरावल गाउँपालिका वडा नम्बर ४ स्थिति सञ्चालित प्रतिभा किशोर किशोरी सञ्जालले वडा भित्रका सम्पूर्ण किशोर किशोरीहरुलाई काेराेना महामारीको विषम परिस्थितिमा जनचेतना जगाई स्वास्थ्य मापदण्डअनुसार सतर्कता पुर्बक बस्न सिकाउदै माक्स लगाएतका स्वास्थ्य सामाग्री वितरण गर्दै आइरहेको छ ।
याे सराहनीय कामलाई मध्यनजर गर्दै किशोर किशोरीहरुकाे सुरक्षाको लागि गाउँपालिकाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हाे । विगतका समयदेखि नै विश्वमा आक्रान्त बनाईरहेकाे काेराेना महामारीले नेपाल पनि जुधिरहेकाे छ ।
यस विषम परिस्थितिमा सरावल गाउँपालिकामा एविसि नेपालद्वारा सञ्चालित किशोर किशोरी सञ्जालहरुले काेराेनाबाट बच्नकाे लागि विभिन्न स्वास्थ्य सतर्कता अपनाई आम जनसमुदायमा जनचेतना जगाईरहेकाे बताउदै किशोर किशोरीहरुकाे स्वस्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको पालिका अध्यक्ष राधेश्याम चाैधरीले बताए ।
गाउँपालिकाद्बारा सञ्जालका किशोर किशोरीहरुकाे सुरक्षाका लागि १ डब्बा माक्स , ३ दर्जन साबुन र ५ लिटर सेनिटाईजर लगाएका स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे । सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल , सञ्जालका काेषाध्यक्ष नितु पाण्डेय , पत्रकार मेहश यादव , समाजसेवी लिलाधर पाण्डेय लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हाे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij