२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित दृगनारायण पाण्डे सम्मानित

आइतवार , जेठ ३०, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • बुटवल, ३० जेठ।

    लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेलाई आज बुटवलमा सम्मान गरिएको छ। नेपाली कांग्रेसबाट निर्वाचित पाण्डेको सम्मानमा आज नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको कार्यालयमा भेटघाट एवम् बधाई कार्यक्रम राखिएको थियो। 

    यसअघि नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित पाण्डे गत बैशाख १९ गतेको लुम्बिनी प्रदेशको राजनैतिक घटनाक्रमपछि राजीनामा दिएर नेपाली काँग्रेस प्रबेश गरेका थिए। पाण्डेले काँग्रेस प्रबेश लगत्तै जेठ १७ गते सम्पन्न राष्ट्रिय सभा सदस्यको उम्मेदबार बनेर निर्वाचनमा नेकपा माओबादी परित्याग गरि एमालेमा प्रबेश गरेका चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए।  

    सो अवसरमा बोल्दै राष्ट्रिय सभा सदस्य पाण्डेले बिगतमा जस्तै आफु आगामी दिनमा पनि लुम्बिनी प्रदेशको बिकासका लागि प्रतिबद्ध भएर लाग्ने बताए। प्रदेश सभामा रहँदा आफुले गरेका कामहरुको स्मरण गर्दै पाण्डेले नेपाली राजनितीमा देखिएको बिकृती बिसंगती अन्त्य गर्न सबै पक्षबिच सहकार्य आवश्यक रहेको चर्चा गरेका थिए। 

    सम्मान कार्यक्रममा नेपाली काँग्रेस संसदिय दलका नेता बिरेन्द्र कनौडीया, नेकपा माओबादी केन्द्रका संसदिय नेता कुलप्रसाद केसी, नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकाल, जसपाका नेता सहसराम यादव लगाएतले नवनिर्वाचित पाण्डेलाई बधाई तथा शुभकामना दिँदै नेपालको राजनिती माथिबाटै प्रभावित हुने भएकाले माथिको राजनितीक संस्कार सुधारका लागि पहल गर्न आग्रह गरेका थिए।