२०८२, मंसिर ८ गते

Nov 24 2025 | २०८२, मंसिर ८ गते

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

आइतवार , जेठ ३०, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, ३० जेठ ।
    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका छन् ।

    बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

    कांग्रेसले बैैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ । रासस