२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

नेपाल बिद्यार्थी संघ अर्घाखाँचीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

शनिवार , जेठ २९, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • जेठ २९,अर्घाखाँची ।

    नेपाल बिद्यार्थी संघ अर्घाखाँचीको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीको समन्वयमा  बृहत रक्तदान कार्यक्रम सन्धिखर्कमा  सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा ७० जना भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।

    कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल बिद्यार्थी संघ अर्घाखाँचीका जिल्ला अध्यक्ष भरमणि भट्टराई जानकारी दिए । 

    रक्तदान गरेका व्यक्ती लाई प्रमाण पत्र हस्तानरण समेत गरिएको थियो ।कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसाल, नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतको सहभागीता रहेको थियो ।