images

सोमवार, बैशाख २४ गते २०८१

सस्तो लोकप्रियताले जनताको हित हुन सक्दैन : कांग्रेस सचेतक क्षेत्री

सस्तो लोकप्रियताले जनताको हित हुन सक्दैन : कांग्रेस सचेतक क्षेत्री

images
images
images
शनिवार, जेठ २९ २०७८
शनिवार, जेठ २९ २०७८
  • सस्तो लोकप्रियताले जनताको हित हुन सक्दैन : कांग्रेस सचेतक क्षेत्री

    बुटवल, २९ जेठ ।
    लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले लुम्बिनीको प्रदेशको नीति तथा कार्यक्रम सस्तो लोकप्रियतामा आधारित भएको भन्दै वास्तबिक जनताको हितमा नभएको बताएकी छन् । जनताले नीति तथा कार्यक्रमलाई आफ्नो भन्न पाए कि पाएनन् भन्ने उनले प्रश्न गरेकी छिन् । लुम्बिनी प्रदेशको आठौ अधिवेशनको छैठौं बैठकमा बोल्दै उनले ‘समृद्ध प्रदेश, सुखी जनता’को नारा अनुसार काम नभएको बताइन् । 

    images
    images
    images

    प्रदेशका जनताले समयमा नै  उपचार नपाएर दिनदिनै  ज्यान गुमाउनु परेको एकातिर छदैछ भने सांझ बिहानको हातमुख जोड्न समेत नपाएर छट्पटाई रहेक छन् । ‘प्रदेशका जनताहरु एउटा बेड पाएका छैनन्, अस्पतालसम्म जान एम्बुलेन्स पाएका छैनन् । एउटै घरका ३÷४ जनाले ज्यान गुमाउनु परेको छ । त्यो परिवारलाई पीडा छ । बाँचेकोलाई भोली हाम्रो हालत यस्तै हुने कि भन्ने चिन्ता छ । यही हो त हामीले लिएको समृद्ध प्रदेश सुखी जनताको नारा ?, उनले भनिन् ।’

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक समेत रहेकी क्षेत्रीले सरकारले सकारात्मक सोच लिएर अगाडी बढ्न सुझाव दिएकी छिन् । उनले सरकार वैधानिक बाटोबाट अगाडि बढन आग्रह गर्दै गालीभित्र अर्ती खोज्न सुझाव समेत दिइन् ।  सचेतक क्षेत्रीले भनिन्, ‘कानूननियम यतिबेला उत्कृष्ट हुन्छ जब यसमाथि कसैले औलो उठाउदैनन । कानुनको संरक्षकबाट नै कानुनको पालना भयन भने परिणाम कस्तो होला ? अहिले त्यही अवस्था सिर्जना भयको छ । यस्तो सस्कारको बिकासले मुलुक कतातिर जादैछ ?  यसबारेमा सचेत भइ प्राप्त उपलब्धीलाइ रक्षा गर्नु अहिलेको मुख्य चुनौती रहेको उनले बताइन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij