images
images

सोमवार, जेठ ७ गते २०८१

प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीय : एमाले

प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीय : एमाले

images
images
images
शनिवार, जेठ २९ २०७८
शनिवार, जेठ २९ २०७८
  • प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीय : एमाले

    काठमाण्डौ, २९ जेठ ।
    नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न वाग्मती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीर रूपमा लिएको जनाएको छ ।
    पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताएका छन् ।

    images
    images
    images

    बैठकमा प्रदेशसभा सदस्य वैद्यले आफू प्रधानमन्त्री ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानूनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ’, विज्ञप्तिमा भनिएको छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij