images
images

आइतवार, जेठ ६ गते २०८१

फलेतारुख–एकपाते मोटरबाटोको विवाद स्थानीय र उपभोक्ता समितिको छलफलपछि मिल्यो

फलेतारुख–एकपाते मोटरबाटोको विवाद स्थानीय र उपभोक्ता समितिको छलफलपछि मिल्यो

images
images
images
शनिवार, जेठ २९ २०७८
शनिवार, जेठ २९ २०७८
  • फलेतारुख–एकपाते मोटरबाटोको विवाद स्थानीय र उपभोक्ता समितिको छलफलपछि मिल्यो

    गुल्मी, २९ जेठ । 
    गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिले छापस्थित फलेता रुख एकपाते मोटरबाटो केही महिनादेखि स्थानीय र उपभोक्ता समितिको विवादमा रोमलिदै आएको विवाद मिलेको छ ।

    images
    images
    images

    बिहीवार गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजाल, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ अर्जैका वडाध्यक्ष शोभाखर गिरी, मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका वडाअध्यक्ष श्यामलाल गिरी, समाजसेवी रेखा कुमार जिसी, विष्णु गिरी, उपभोक्ता समिति र स्थानीयबीच भएको छलफलमा विवाद मिलेको हो । 

    विकासका पूर्वाधारमध्ये सडक पनि एक महत्वपूर्ण पूर्वाधार भएकाले स्थानीयले भने बमोजिम मोटरबाटो खन्ने सहमतिमा विवाद टुंगिएको गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बताइन् । स्थानीयको मर्म नबुझी उपभोक्ता समितिले एकलौटी हिसाबले बाटो निर्माण गर्न खोज्नु समितिकै गल्ती भएको उपाध्यक्ष अर्यालले भनाइ छ ।

    मोटरबाटो निर्माणमा गठन गरिएको उपभोक्ता समितिले स्थानीयलाई  बारम्बार फोनमा धम्की दिने, मनपरी समितिले आफ्नो मर्जीमा बाटो खन्न लागेको भन्दै स्थानीयले वडा र गाउँपालिकामा निवेदन दिएको स्थानीय तेजेन्द्र थापाले बताए ।

    थापाका अनुसार आफूहरुले दिएको निवेदन ढिलै भए पनि सुनुवाइ भएकोमा खुशी व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद समेत दिए । फलेता रुख एकपाखे २ सय ४० मिटरको मोटरबाटो निर्माणको लागि माघ महिनामै उपभोक्ता समिति गठन गरिए तापनि विवादका कारण हालसम्म बाटो निर्माणको कार्य अगाडी बढ्न सकेको थिएन । 

    फलेता रुख एकपाखे शाखा मोटरबाटो निर्माणका लागि मालिका गाउँपालिकाले १ लाख विनियोजन गरेको वडा अध्यक्ष श्यामलाल गिरीले जानाकारी दिए । स्थानीयले वडामा दिएको उजुरीलाई लिएर विवादलाई मिलाउन वडा कार्यालय र आफू लागि परिरहेको तर विवाद अल्झिदै गएको वडा अध्यक्ष गिरीले बताए । मोटरबाटो निर्माणपछि ६ घर लाभान्वित हुने स्थानीयको भनाइ छ ।193611911_322571556074648_4025907829801930382_n.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij