images

आइतवार, बैशाख १६ गते २०८१

विश्वकप छनौट खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

विश्वकप छनौट खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

images
images
images
मंगलवार, जेठ २५ २०७८
मंगलवार, जेठ २५ २०७८
  • विश्वकप छनौट खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

    काठमाडौं, २५ जेठ । 
    विश्व फुटबलका दुई महान प्रतियोगिताहरु विश्वकप २०२२ र एसिया कप २०२३ को छनौट खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको छ । जोर्डनले नेपालमाथि जितसँगै ६ खेलबाट १३ अंक जोड्न सफल भइ समूह बी को दोस्रो स्थानमा उक्लेको छ । उता कुवेतले समान ६ खेलबाट मात्र १० अंक मात्र जोड्न सफल भएको छ । जोर्डनले अब कुवेतको सामना गर्नुपर्ने छ । 

    images

    जोर्डनको छनौट खेलमा लगातार यो चौथो जित हो । कुवेतस्थित अल जबार अन्तर्राष्ट्रिय रङशालामा सम्पन्न खेलमा जोर्डनले तीनवटै गोल फ्रि किक र पेनाल्टीमार्फत नै सम्भव बनाएको थियो ।

    पहिलो हाफको सुरुदेखि नै जोर्डनले आक्रामक खेल पस्केको थियो । तर २३ औं मिनेटमा मात्रै उसले गोलको खाता खोल्न सक्यो । पहिलो हाफसम्म १–० को अग्रता बनाएको जोर्डनले दोस्रो हाफको सुरुवातमै गोल थप्दै २-० को अग्रता लिएको थियो ।

    ६७ औं मिनेटमा एजान अल अरबले गोल गर्दै जोर्डनको अग्रता ३-० पारेका थिए । सो गोल नै जोर्डनको नेपालमाथि जितका लागि पर्याप्त भयो । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्र भित्र दिएको बललाई अञ्जन विष्टले भेट्न नसक्दा नेपाल भने गोल गर्ने अवसरबाट बञ्चित हुन पुग्यो ।

    नेपालले अब छनोटको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ ।  अष्ट्रेलिया र नेपालबीचको खेल जुन ११ मा हुनेछ । यसपछि हुने कुवेत र जोर्डनबीचको सो खेलले विश्वकपका लागि छनोट हुने टोलीको समीकरण पुरा गर्नेछ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij