२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौं : मुख्यमन्त्री पोखरेल

सोमवार , जेठ २४, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, २४ जेठ । 
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले अब मन मिलाउने र पार्टी बनाउने कुरा गर्न आग्रह गरेका छन् । सोमबार सामाजिक संजाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले लेखेका छन, ‘जेठ २ मा फर्किने कुरा भो । जनता पार्टीको साथमै छन् ।’ समस्या नेतृत्वबीच हेकोले पहल गर्न उनको आग्रह छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको माग अनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउन राजी भएका छन् ।

    आइतबार पार्टी एकताका लागि आह्वान गर्दै ओलीले माधव नेपाल पक्षको माग अनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्व (जेठ २ गते) माओवादी केन्द्रसंग एकता हुनु अगाडिको अवस्थाबाट अगाडि बढाउन तयार भएको बताएका हुन् ।