२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

गण्डकीका जनमोर्चा सांसद कृष्ण थापालाई ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

आइतवार , जेठ २३, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडाैँ

    गण्डकी प्रदेशका  राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पदबाट ननिकाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकोछ। कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन पार्टीले निर्देशन दिएको थियो। तर थापाले पार्टीकाे निर्देशन मानेका थिएनन्। 

    निर्देशन दिए पनि थापाले पार्टी ह्वीप नमानेको भन्दै थापालाई जनमोर्चाले कारवाही गरी पार्टी सदस्यबाटसमेत थापालाई जनमोर्चाले निकालेको थियो।