बिहिवार , जेठ २०, २०७८
२० जेष्ठ, नवलपरासी
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा आमा समुहद्धारा मुठ्ठी दान कार्यक्रम सुरु भएको छ ।
पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा रहेको बिश्वास आमा समुहद्वारा मुठ्ठी दान कार्यक्रम सुरु गरिएको हो ।
नयाँ भेरियन्ट सहितको कोरोना भाईरस समुदायमा तिब्ररुपले फैलिदै जाँदा सरकारले रोकथामको लागि गरेको निषेधाज्ञाका कारण गरिब तथा विपन्न घरपरिवारहरुलाई एक छाक टार्न समस्या भएपछि गरिब विपन्न परिवारलाई सहयोग गर्नका लागि मुठ्ठी दान कार्यक्रम सुरु गरिएको समुहकी अध्यक्ष मनिषा धोविले बताउनुभयो ।
यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा रहेको तेरि आमा समुहद्वारा पनि मुठ्ठी दान कार्यक्रम सुरु गरिएको छ ।
यो महामारीको विषम परिस्थितिमा बाच्न लाई कठिन भएको ती गरिब तथा विपन्न परिवारको बाल बच्चा र आमा बुबा भोखो पेट बस्न नपरोस भनी सहयोग गर्नका लागि यो कार्यक्रम सुरु गरिएको एविसि नेपालकि सुपरभाइजर बिष्नु परियारले बताउनुभएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij