images

आइतवार, बैशाख १६ गते २०८१

प्रदेश सभामा विश्वासको मत लिनुपर्दैन : एमाले प्रमुख सचेतक ढकाल 

प्रदेश सभामा विश्वासको मत लिनुपर्दैन : एमाले प्रमुख सचेतक ढकाल 

images
images
images
बिहिवार, जेठ २० २०७८
बिहिवार, जेठ २० २०७८
  • प्रदेश सभामा विश्वासको मत लिनुपर्दैन : एमाले प्रमुख सचेतक ढकाल 

    बुटवल, २० जेठ ।

    images

    लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बनेको सरकारले तत्काल विश्वासको मत लिनु नपर्ने बताएका छन् । यसअघिको सरकार उपधारा २ बमोजिम बनेको उल्लेख गर्दै उपधारा १ बमोजिम पहिलो पटक बनेको सरकारले २ वर्षसम्म विश्वासको मत लिनु नपर्ने ढकालको दावी छ । 

    प्रदेश सभाको बैठकमा बिधेयक सम्बन्धी, कानुन निर्माण सम्बन्धी नियमित र प्रकृयागत गतिविधिहरु मात्र हुने विश्वास अविश्वास लगायतका विषयमा कुनै कुरा नहुने ढकालको भनाइ छ । बिहीबार खबरपात्रोसंग कुरा गर्दै सत्ता पक्षका प्रमुख सचेतक ढकालले भने-‘सरकारसँग स्पष्ट बहुमत छ।’ सरकार गठनका बेला बहुमत रहेको र त्यसपछिका घटना र गतिविधिले प्रभाव नपार्ने ढकालको दावी थियो । 

    उता राष्ट्रियसभा सदस्यका लागि भएको लुम्बिनी प्रदेशको उपनिर्वाचनमा अन्तर्घात गर्ने व्यक्तिको खोजी भइरहेको प्रमुख सचेतक ढकालले बताए । उक्त खोजी गर्ने काम पार्टीको भएकोले आवश्यक छानबीन गरी खोजी गर्ने र पार्टी विधान अनुसार कारवाही हुने विश्वास व्यक्त गर्दै उनले यो विषय संसदीय दलको नभएको प्रष्ट पारेका छन् । 

    गोप्य मतदान भएकाले व्यक्ति प्रष्टसंग नचिनिएको तर अन्तरघात गर्नेलाई जुनसुकै हालतमा खोजी गरी कारवाही गरिने कुरामा जोड दिदै नेता ढकालले भने-‘पार्टीले आफ्नो काम गरिरहेको छ, हाल बैठक नबसेको हुनाले ढिलो भएको हो ।’ बैठक बसेपछि छानबीन समिति बनाएर कारवाही प्रक्रिया अघि बढ्ने नेता ढकालले संकेत गरेका छन् ।

    यद्यपी राष्ट्रिय राजनीतिमा आएको बदलावले लुम्बिनी प्रदेशमा पनि त्यसको प्रभाव परेको कतिपय राजनैतिक विश्लेषकहरुको भनाइ छ । विश्लेषकहरुका अनुसार राष्ट्रिय सभाको उपनिर्वाचनमा विपक्षमा मतदान गर्ने एमालेका ‘खनाल-नेपाल’ समुहका समर्थक रहेको प्रष्ट छ । 

    केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र खनाल-नेपालबीच वार्ता र संवादको सिलसिला चलिरहेको अवस्थामा अहिलेलाई यो विषयलाई ‘नचलाउन’ भन्दै संसदीय दलको बैठकमा कुरा उठेको एक सदस्यले बताए । उनले भने -‘हाललाई थामथुम पारिएको छ, माथिको राजनीति के हुन्छ त्यही अनुसार चल्छ ।’ 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij