images

आइतवार, बैशाख १६ गते २०८१

लुम्बिनी प्रदेशसभाको अधिवेशन शुरु, बिपक्षीले मागे मुख्यमन्त्रीको राजीनामा 

लुम्बिनी प्रदेशसभाको अधिवेशन शुरु, बिपक्षीले मागे मुख्यमन्त्रीको राजीनामा 

images
images
images
बुधवार, जेठ १९ २०७८
बुधवार, जेठ १९ २०७८
  • लुम्बिनी प्रदेशसभाको अधिवेशन शुरु, बिपक्षीले मागे मुख्यमन्त्रीको राजीनामा 

    बुटवल, १९ जेष्ठ।

    images

    लुम्बिनी प्रदेशसभाको बजेट अधिबेशन आजबाट शुरु भएको छ । पहिलो बैठकमा अधिबेशन आव्हान सम्बन्धी प्रदेश प्रमुखको पत्र, प्रदेश प्रमुखबाट बिधियक प्रमाणिकरण, मन्त्रीपरिषद पुनर्गठन सम्बन्धी पत्र, प्रदेश सभा सदस्यहरुको राजीनामा र पदरिक्त लगाएतको कार्यसुची रहेको थियो। 

    अधिबेशनको पहिलो बैठकमै बिपक्षी दलका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्रीको राजीनामा माग गरेका छन्। सरकार अल्पमतमा रहेको दावी गर्दै बिपक्षी दलका नेताहरुले मुख्यमन्त्रीले राजीनामा गरेर मार्ग प्रसस्त गर्नुपर्ने धारणा ब्यक्त गरेका छन्। 

    संसदलाई छलेर गरिएको अल्पमतको सरकार गठन र मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुिक्त प्रति आपत्ती जनाउदै विपक्षी गठबन्धनमा रहेका दलका नेताहरूले बैठकमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै आवाज उठाईएको बिपक्षी दलका नेताहरुले बताएका छन्। 

    बैठकमा बोल्दै सत्ता पक्षका नेताले भने बर्तमान अवस्थामा मुख्यमन्त्रीको राजीनामाको प्रसंग आवश्यक नरहेको भन्दै प्रदेशको समृद्धि र बिकासका लागि राजनैतिक सहमती, सहकार्य र समन्वयका लागि प्रदेश सरकार तयार रहेको उल्लेख गरेका थिए। 

    बैठकमा नेकपा एमालेका लिला गिरी, नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खान, नेकपा माओबादी केन्द्रका सुदर्शन बराल, जनता समाजबादी पार्टीका नेता सहसराम यादव, राष्ट्रिय जनमोर्चाका तारा जिसी, बिरबहादुर राना, आई पी खरेल, ईन्द्रजित थारु,  लगाएत प्रदेश सभा सदस्यहरुले बोल्नु भएको थियो।  

    सोमवार भएको राष्ट्रियसभा उपनिर्वाचनमा ८३ प्रदेश सांसदमध्ये ४२ मत विपक्षी गठबन्धनको उम्मेदवारलाई परेको थियो भने एमालेका उम्मेदवारले ४० मत ल्याएका थिए । निर्वाचनमा १ मत बदर भएको थियो।

    प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अदालतको अल्पकालीन अन्तरिम आदेशबाट पद पाएका जनता समाजवादी पार्टी (जसपा) ४ जनासहित ६ र राजमोका १ सांसद छन् । ति मध्ये जसपाका ४ मुख्यमन्त्री अहिले पोखरेलको सरकारमा मन्त्री छन।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij