२०८२, कार्तिक २० गते

Nov 06 2025 | २०८२, कार्तिक २० गते

जसपा विवाद

महन्थ ठाकुरसहित जसपाका चार जना नेता पार्टीबाट निष्कासित

मंगलवार , जेठ १८, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, १८ जेठ । 
    जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र–बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्काशन गर्ने घोषणा गरेको छ ।उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा कार्यकारिणी समितिको बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यसअघि दुवै पक्षले एक अर्कालाई निष्काशनको चेतावनीसहित स्पष्टीकरण सोधेका थिए ।

    चार नेतालाई पार्टीबाट निष्काशन गरिएको जसपा कार्यालय सचिव प्रकाश अधिकारीले पुष्टि गरे। 

    पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने र  उनलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने विषयमा विवाद रहँदै आएको थियो। भट्टराई-यादव पक्षले ओलीको विरुद्धमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सक्रिय भएर लागेका थिए। ठाकुर पक्षले भने ओलीलाई नै प्रधानमन्त्रीमा सघाउँदै पार्टीको तर्फबाट भन्दै समर्थन पत्र समेत दिएको थियो ।