images

शुक्रवार, बैशाख २८ गते २०८१

बहुमतको दावी गरेको लुम्बिनी प्रदेश सरकारलाई उपनिर्वाचनले दियो अर्को झड्का

बहुमतको दावी गरेको लुम्बिनी प्रदेश सरकारलाई उपनिर्वाचनले दियो अर्को झड्का

images
images
images
सोमवार, जेठ १७ २०७८
सोमवार, जेठ १७ २०७८
  • बहुमतको दावी गरेको लुम्बिनी प्रदेश सरकारलाई उपनिर्वाचनले दियो अर्को झड्का

    बुटवल, १७ जेठ । 
    नेकपा एमालेको एकल बहुमत दावी गर्दै लुम्बिनी प्रदेशमा सरकार बनाएका मुख्यमन्त्री शंकर पोखरेललाई राष्ट्रिय सभाको उपनिर्वाचनको परिणामले दह्रो झड्का लागेको छ । कुल ८३ जना प्रदेश सभा सदस्यमध्ये ४० जनाले मात्र एमाले उम्मेदवारलाई भोट हालेको मत परिणाम आएसंगै प्रदेश सरकार अल्पमतमा रहेको प्रष्ट भएको छ । 

    images
    images
    images

    उता विपक्षी गठबन्धनका उम्मेदबारलाई ४२ मत परेको छ भने कांग्रेस उम्मेदवारले पाएको एक मत बदर भएको छ । नेकपा एमालेका ३८ र जसपाका ४ जना (महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष) जोडेर पुर्याइएको बहुमत देखाएर दोस्रो पटक सरकारमा गएका मुख्यमन्त्री पोखरेललाई यो निर्वाचनको परिणामले संकट ल्याइदिएको छ । 

    लुम्बिनी प्रदेश सभामा कुल ८३ जना सदस्य रहेकोले बहुमत संख्या पुर्याउन मुख्यमन्त्री पाखेरेललाई ४२ जनाको मत आवश्यक पर्छ । आजको परिणाम अनुसार पोखरेलसंग प्रदेश सभामा जम्माजम्मी ४० मत रहेको प्रष्ट भएको छ । 

    हाल लुम्बिनीमा नेपाली कांग्रेस, नेकपा माओवादी, उपेन्द्र-बाबुराम समूहको जसपा, माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन एकै ठाउँमा रहेको छ । एमालेका पनि खनाल-नेपाल पक्षका दुई जना प्रदेशसभा सदस्यले कांग्रेस उमेदवारलाई मत दिएको पाइएपछि प्रदेश सरकार संकटमा परेको बुझिएको छ । 

    नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले विपक्षी गठबन्धनमा प्रष्ट बहुमत रहेको बताए । यही कुरा प्रदेश प्रमुख समक्ष राख्दा विभिन्न तिकडम गरेर शंकर पोखरेललाई पुनः मुख्यमन्त्री बनाइएकोप्रति आफुहरुले आपत्ति जनाउँदै विरोध गरिरहेको कनौडियाले बताए । नेता कनौडिया भन्छन्, ‘अब त थाहा भयो बहुमत कोसंग छ भनेर । 

    नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुल प्रसाद केसीले विपक्षीहरूको कडा विरोधकाबीच मुख्यमन्त्रीकै कार्यालयमा शपथ गराउन पुगेका प्रदेश प्रमुख पनि विवादमा परेको बताए । बहुमत सदस्यहरुलाई स्वयं उपस्थित गराउदा पनि प्रदेश प्रमुख धर्मनाथ यादवले अल्पमतको नेतालाई सपथग्रहण गराएको नेता केसीको भनाइ छ । केसी भन्छन्- कोसंग बहुमत छ भनेर अब १९ गते देखाइदिन्छौं। 

    प्रदेश सरकारले बजेट सम्बन्धी छलफल गर्न आगामी १९ गते प्रदेश सभाको बजेट अधिवेशन बोलाएको छ । अधिवेशनमा विपक्षी गठबन्धनले अबिश्वासको प्रस्ताव ल्याउने वा सरकारले विश्वासको मत लिने भन्ने विषयमा बिभिन्न आंकलन गरिएको छ । अल्पमतको सरकारले बजेट ल्याउन नपाउने भन्दै विपक्षी गठबन्धनले चर्को विरोध गरिहेका छन् । 


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij