images

सोमवार, बैशाख २४ गते २०८१

अर्थमन्त्री पौडेलको गृह जिल्लामा कस्तो छ बजेटको प्राथमिकता ?

अर्थमन्त्री पौडेलको गृह जिल्लामा कस्तो छ बजेटको प्राथमिकता ?

images
images
images
आइतवार, जेठ १६ २०७८
आइतवार, जेठ १६ २०७८
  • अर्थमन्त्री पौडेलको गृह जिल्लामा कस्तो छ बजेटको प्राथमिकता ?

    बुटवल, १६ जेठ ।

    images
    images
    images

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ का लागि गृह जिल्ला रुपन्देहीमा आकर्षक बजेट बिनियोजन गरेका छन् । यस पटकको बजेटमा आफ्नो जिल्लामा नयाँ योजना खासै नपारे पनि उनले पुराना नियमित योजनाका लागि आवश्यक रकम छुट्टाएका छन् । अर्थमन्त्री पौडेलले रुपन्देहीमा राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको भैरहवास्थित निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड बजेट बिनियोजन गरेको बताएका छन् । विमानस्थल निर्माण सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि अर्थमन्त्री पौडेलले बजेट विनियोजन गरेका हुन् । 

    निर्माणको काम अन्तिम चरणमा पुगेको विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया पनि सुरु भएको छ । यस्तै बहुप्रतिक्षित ३ दशक पुरानो लुम्बिनी गुरुयोजनाको बाँकी काम पुरा गर्नका लागि १ अर्ब ५० करोेड रकम विनियोजन गरेको जनाएका छन् ।

    मन्त्री पौडेलका अनुसार बजेटमा लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना आगामी २ वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासहित बजेट बिनियोजन भएको छ । त्यसै गरी बजेटमा बुटवल भैरहवा मेघा सिटी र सिद्धबाबा सुरुङ मार्गका लागि पनि आवश्यक बजेट व्यवस्थापन भएको अर्थमन्त्री पोडेलले बताए । 

    अर्थमन्त्रीले यो क्षेत्रका हरेक कार्यक्रममा आउँदा प्राथमिकताका साथ उठाउने लुम्बिनी विकास गुरुयोजनाको क्षेत्रलाई फराकिलो बनाउँदै कपिलवस्तु र नवलपरासीका बुद्ध सर्किटहरु लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी गुरुयोजना बनाउने विषयलाई समेत बजेटमा १ अर्ब ५० करोड विनियोजन गरिएको छ। उनले भौतिक पूर्वाधार विकास, पर्यटन, उद्योग, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद लगायतका क्षेत्रका केही पुराना योजनामा बजेट छुट्याएका छन् भने केही नयाँ योजना थपिएका छन् ।

    केही समयदेखि चर्चामा रहेको तथा केही महिनाअघि मात्रै शिलान्यास भएको रुपन्देहीको मोतिपुरको औद्योगिक क्षेत्र २ वर्षभित्र पूरा गरिने बजेटमा उल्लेख छ । रूपन्देहीको तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको डीपीआर पूरा गरी निर्माणको काम शुरू गर्ने, रूपन्देहीको बेलहियामा मालबाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाउने योजना बजेटमा छन्।

    केही दिनअघि मात्रै ग्लोबल टेण्डर भएको सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणका लागि बजेटको व्यवस्था गर्ने, सिद्धार्थ राजमार्गलाई डेलिकेटेड राजमार्ग बनाउने बुटवल–कोहलपुर सडकलाई चार लेनको बनाउनका लागि आवश्यक बजेट विनियोजन भएको छ । 

    यस्तै बजेटले भैरहवामा क्रिकेट मैदान, नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग, सिद्धार्थनगरमा सडक, ढल, खानेपानीका लागि पूर्वाधार बनाउन बजेट विनियोजन भएको छ । बुटवल भैरहवा लुम्बिनीका लागि चल्ने विद्यतीय बस चलाउन अनुदान दिने र बुटवलमा विद्युत् तार भूमिगत गर्ने योजना पनि बजेटमा छ । 

    बुटवल र सैनामैनाको सीमानामा रहेको कर्साघाट कृषि योजनालाई राष्ट्रिय योजनामा समावेश गरी बजेट विनियोजन गरिएको छ भने दक्षिणी सीमानामा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शहरको विकास गर्ने योजना बजेटमा समावेश भएको छ ।
    त्यसै गरिी कालीगण्डकी–तिनाउ डाइभर्सनको डीपीआर आउँदो वर्ष पूरा गरेर काम सुरु गर्ने विषयले पनि बजेटमा महत्व पाएको मन्त्री पौडेलले बताए । रुपन्देहीसहित लुम्बिनी प्रदेशमा अन्य महत्वपूर्ण आयोजनाहरुलाई अर्थमन्त्रीले विशेष प्राथमिकतामा राखेर बजेट छुट्याएको बताएका छन् ।

    सिंचाई र जलविद्युतका लागि महत्वपूर्ण मानिने नौमुरे जलविद्युत आयोजना, तिनाउ नदी नियन्त्रणका लागि पनि आवश्यक बजेट परेको मन्त्री पौडेलको भनाइ छ । साथै लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा पूर्वाधार बनाउन पनि आवश्यक बजेट बिनियोजन गरिएको मन्त्री पौडेलले बताएका छन् ।

    मन्त्री पौडेलले पाल्पामा मौसम मापन गर्न राडर स्थापना, प्रदेशमा भूमि बैंक स्थापना गरेर १ वर्षभित्र सञ्चालनमा ल्याउने, अंग्रेज फौजलाई हराएको बुटवलको जीतगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्ने, लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी, बुटवल–भैरहवालाई मेगा सिटी बनाउने, पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्ने जस्ता योजना बजेटमा समेटिएका छन्।

    नेकपा एमालेका उपमहासचिव समेत रहेका अर्थमन्त्री पौडेल रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij