२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

महन्थ ठाकुरसहित जसपाका ४ नेतासंग २४ घण्टे स्पष्टीकरण माग

शनिवार , जेठ १५, २०७८

काठमाडौं, १५ जेठ । 
जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुर पक्षसहित ४ जनालाई पार्टीबाटै निष्काशन गर्नेसम्मको चेतावनी दिएको छ । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई शनिबार दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहित ४ जना नेताहरुलाई उपेन्द्र–बाबुराम पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा पठाइएको पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआएमा पार्टीबाट निष्काशन गर्ने चेतावनी दिइएको छ । दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको केन्द्रीय कार्यालय प्रमुख अधिकारीद्वारा हस्ताक्षरित पत्रमा जवाफ नदिए पार्टीबाट निष्काशनको कारवाही गर्ने चेतावनी दिइएको छ ।

नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्ने जसपाभित्र विवाद छ । 


191555759_2560939000879103_8353920103375556411_n.jpg