२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन जेठ १९ गते 

शनिवार , जेठ १५, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १५ जेठ । 
    लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आगामी जेठ १९ गते बस्ने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको शुक्रबारको बैठकले जेठ १९ गते १ बजे प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुख धर्मनाथ यादवलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

    त्यस्तै बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर के.सी.ले जानकारी दिए ।