२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

अर्घाखाँचीमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

बिहिवार , जेठ १३, २०७८

अर्घाखाँची, १३ जेठ ।

अर्घाखाँचीमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ८, भुमिकास्थान नगरपालिकामा ३, शितगंगा नगरपालिकामा २९ र मालारानी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ७ जना रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आज कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का ४६ वर्षिय पुरुष रहेका छन् । योसंगै अर्घाखाँचीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।