images
images

मंगलवार, जेठ ८ गते २०८१

राष्ट्रपति र प्रधानमन्त्रीको कदमले मुलुकमा राजनैतिक संकट उत्पन्न : विपक्षी गठबन्धन 

राष्ट्रपति र प्रधानमन्त्रीको कदमले मुलुकमा राजनैतिक संकट उत्पन्न : विपक्षी गठबन्धन 

images
images
images
बिहिवार, जेठ १३ २०७८
बिहिवार, जेठ १३ २०७८
  • राष्ट्रपति र प्रधानमन्त्रीको कदमले मुलुकमा राजनैतिक संकट उत्पन्न : विपक्षी गठबन्धन 

    बुटवल, १३ जेठ ।

    images
    images
    images

    लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले सरकारले गरेको संसद विघटन लगायतका पछिल्लो कदमको विरोध गर्दै आम नागरिकलाई एकजुट हुन आग्रह गरेको छ । प्रदेश सभामा प्रतिनिधत्व गर्ने चार राजनैतिक दलका नेताहरुले बिहीबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमले मुलुकमा राजनैतिक संकट उत्पन्न गराएको बताएका छन् ।

    विज्ञप्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक, अराजनैतिक, अनैतिक र जनविरोधी भएको दावी गर्दै विपक्षी गठबन्धनले उक्त कदमले मुलुकलाई थप संकटतर्फ उन्मुख गराएको बताएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले खनाल–नेपाल समूह, जसपा लुम्बिनी प्रदेश र राष्ट्रिय जनमोर्चाका नेताले संयुक्त रुपमा हस्ताक्षर गरेको बिज्ञप्तीमा आम सचेत नागरिकलाई उक्त कदम विरुद्ध जुट्न आग्रह गरेका छन् । 

    विज्ञप्तीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल, माओवादी केन्द्रका प्रदेश कार्यालय सचिव सुदर्शन बराल, नेकपा एमाले नेपाल समूहका प्रदेश कार्यालय सचिव खेम लुइँटेल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमले हस्ताक्षर गरेका छन् ।

    विपक्षी गठबन्धनले अल्पमतमा परेको स्वीकार गरिसकेका प्रधानमन्त्रीले पुनः साँठगाँठ गरेर स्वघोषित प्रधानमन्त्री बन्नु र जनताप्रति उत्तरदायी सार्वभौम संसद् विघटन असंवैधानिक कदम भन्दै भत्सर्ना समेत गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको कदमले नेपाली जनताले बनाएको संविधानमार्फत संस्थागत गरिएको गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीता, धर्मनिरपेक्षता र लोकतन्त्र धरापमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

    आम जनता कोभिडका कारण आक्रान्त बनेका बेला सरकारले निर्वाचनको नाटक गर्नु लाजमर्दो कार्य भएको गठबन्धनको दावी छ । सरकारले जनताको जीवन बचाउन आवश्यक पर्ने अक्सिजन सिलिण्डर, खोप लगायतका स्वास्थ्य उपचार सामग्री उपलब्ध गराउन नसक्ने अरबौं खर्च गरेर चुनाव गराउन सक्ने भन्दै सरकारको कडा आलोचना विपक्षी गठबन्धनले गरेको छ । dall-2752021112419-1000x0 (1).jpg
    ...............

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij