२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

रुखमा झुन्डिएको अबस्थामा दुई जना फेला

मंगलवार , जेठ ११, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • दाङ, ११ जेठ। दाङमा रुखमा झुन्डिएको अवस्थामा दुई जना फेला परेका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका २९ वर्षका रेखबहादुर घर्ती र एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजाले जानकारी दिए। 

    मृतक महिलाको भने पहिचान खुलेको छैन। गत ८ गते शनिबार घरबाट निस्किएका घर्र्ती चार दिन पछि घर देखि करिव ३०० मिटर टाढा आँपको रुखमा झुन्डिएको अवस्थामा आज (मंगलबार) विहान झण्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    शवलाई पोष्टमाटमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याईएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ