२०८३, कार्तिक २९ गते

Nov 15 2026 | २०८३, कार्तिक २९ गते

मंसिर ८ देखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता

आइतवार , कार्तिक २९, २०८३

  • 136
    Shares
  • 136
    Shares
  • भैरहवा, २९ कार्तिक । रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर ८ गतेदेखि पाँचौं समपूर्ण नकआउट फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । समपूर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा हुने प्रतियोगिता मंसिर १९ गतेसम्म सञ्चालन हुनेछ ।

    तिलोत्तमा–१४, सुपौलीस्थित समपूर्ण युवा क्लबको मातहतमा रहेको बाउन्नकोटी सामुदायिक वनको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष अबिर पुन पाईजाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको मुख्य प्रायोजन लुम्बिनी एग्रो प्रोडक्ट्स एण्ड रिसर्च सेन्टर प्रा.लि., तिलोत्तमा–१४, टिकुलीगढले गरेको छ।

    प्रतियोगिताबारे जानकारी दिन शनिबार तिलोत्तमामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाईजाले प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ६० हजार ६ सय ६० रुपैयाँ पुरस्कार प्राप्त गर्ने बताउनुभयो ।

    प्रतियोगितामा रुपन्देहीसहित स्याङ्जा, पाल्पा र नवलपरासीका गरी १२ टीम सहभागी हुने खेल समितिका प्रचारप्रसार संयोजक रवि अर्यालले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरी, तिलोत्तमा–१४ का वडा सदस्य सन्तवीर चौधरी, क्लबका प्रमुख सल्लाहकार प्रेम बहादुर थापा, सल्लाहकार यम बहादुर थापा, सुपौली टोल विकास समितिका अध्यक्ष छत्र बहादुर क्षेत्रीलगायतले यस्ता प्रतियोगिताले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा प्रस्फुटन गर्न तथा नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।

    वि.सं. २०७६ सालमा स्थापना भएको समपूर्ण युवा क्लबले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।