२०८३, कार्तिक १८ गते

Nov 04 2026 | २०८३, कार्तिक १८ गते

राज्यसंयन्त्र नै संशयको घेरामा पर्नु दुर्भाग्यपूर्ण : पूर्ण बस्नेत

बुधवार , कार्तिक १८, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • काठमाडौं, १८ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राज्य सञ्चालनको जिम्मेवारी बोकेको राज्यसंयन्त्र नै संशयको घेरामा पर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै बस्नेतले उक्त कुरा बताउनुभएको हो ।

    बस्नेतले भन्नुभयो–‘राज्यसंयन्त्रमा बिचौलियाको प्रभाव, राज्यका निकायहरुको भूमिका, निर्णय र निर्णय प्रक्रिया, प्रशासनिक कार्यशैली र सार्वजनिक सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । राज्यका निकायहरु जनताको सेवा र संविधानको मर्मअनुसार चलेनन् भन्ने जनगुनासो बढेको छ ।’ ‘आजको मूल प्रश्न सरकार कसले चलाइरहेको छ भन्ने होइन, राज्यका निकायहरु कति स्वतन्त्र, निष्पक्ष र उत्तरदायी छन् भन्ने हो । सरकारले हरेक क्षेत्रलाई त्रसित बनाउने काम गरेको देखिन्छ ।’

    राज्यका महत्वपूर्ण अंगहरु माथि नै संशय हुनु लोकतन्त्रका लागि गम्भीर चुनौतीको विषय भएको उहाँको भनाइ छ ।