images
images

मंगलवार, जेठ ८ गते २०८१

संक्रमित बिरामीको हौसला बढाउन आफ्नै कथा सुनाउँछन स्वास्थ्य मन्त्री 

संक्रमित बिरामीको हौसला बढाउन आफ्नै कथा सुनाउँछन स्वास्थ्य मन्त्री 

images
images
images
सोमवार, जेठ १० २०७८
सोमवार, जेठ १० २०७८
  • संक्रमित बिरामीको हौसला बढाउन आफ्नै कथा सुनाउँछन स्वास्थ्य मन्त्री 

    बुटवल, १० जेठ । 
    आफू कोरोना संक्रमणबाट मुक्त नहुँदै लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका श्रेष्ठ संक्रमण मुक्त हुनासाथ यसको नियन्त्रण, रोकथाम र उपचारका लागि आवश्यक व्यवस्था मिलाउन दिनरात खटिरहेका छन् । एकातर्फ अक्सिजन अभाव, आइसीयू बेड लगायतको समस्या समाधान र उपचारको लागि व्यवस्था मिलाउँदै छन् भने संक्रमित बिरामीहरुलाई भेट्न अस्पतालमै पुगेर आफ्नो कथा सुनाउँदै उनीहरुको हौसला बढाउँदै छन् ।

    images
    images
    images

    कोरोना संक्रमित भइ होम आईसोलेसनमा बसेकै बेला मन्त्री नियुक्त भएका भोजप्रसाद श्रेष्ठले संक्रमणकैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथग्रहण गरेका थिए । संक्रमणका कारण १६ दिनसम्म होम आइसोलेशनमा बसेका श्रेष्ठ १७ औं दिनको सांझ ४ बजे आइसोलेशनबाट सिधै मन्त्री पदको सपथग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

    मन्त्रालयका अधिकारीहरुलाई लिएर जिल्ला जिल्ला र गाँउगाँउमा समेत पुगेका मन्त्री श्रेष्ठले कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेका अस्पतालहरुको निरीक्षण, अनुगमन र अवलोकन गर्नुका साथै स्वास्थ्य संस्थाहरुको आवश्यक्ता, स्वास्थ्यकर्मीहरुका समस्या र बिरामीहरुले भोगेका कठिन समयका बारेमा अनुभव र अनुभुति आदान प्रदान समेत गरेका छन् ।

    मन्त्री श्रेष्ठले रुपन्देहीको भैरहवादेखि पाल्पाको रामपुरसम्म र बाँकेको नेपालगन्जदेखि बर्दिया, दाङ, कपिलवस्तुसम्मका अस्पताल लगायतका स्वास्थ्य संस्थामा पुगेर स्थलगत निरीक्षणका साथै सरोकारवालासंग अन्तरक्रिया समेत गरेका छन् । कतिपय अस्पतालमा बिरामीको उपचारको चापले निस्सासिएका स्वास्थ्यकर्मीको हालखबर सोधेका छन् भने मन्त्रीलाई अस्पताल परिसरमै पाएर उनीहरुले पनि खुलेर अभाव र आफ्ना पीडा समेत सुनाएका थिए ।  

    कोभिड–१९ का कारण अस्तव्यस्त बनेका अस्पताल र स्वास्थ्य केन्द्रहरुको अध्ययन अवलोकन गरिएको र अवलोकनका एवं स्थलगत निरीक्षणका क्रममा सरोकारवाला निकाय र विभिन्न पक्षसंग अन्तरक्रिया समेत गरी रोकथामका उपाय र व्यवस्थाबारे उनीहरुको धारणा र सुझावहरु समेत लिइएको मन्त्री श्रेष्ठले बताए । 

    मन्त्रीसंगै विभिन्न जिल्ला पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. विकास देवकोटाले बिरामीको अत्यधिक चापका कारण अस्तव्यस्त बनेका अस्पतालहरु र उपचार प्रणालीबारे जानकारी लिइएको र सुधारका प्रयासहरु भइरहेको जानकारी दिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij