२०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

रोहिणीमा कृषिमन्त्री चौधरीको उपस्थितिमा ‘जनतासँग गुनासो सुनुवाई’

आइतवार , आश्विन १८, २०८३

  • 34
    Shares
  • 34
    Shares
  • भैरहवा, १८ असोज । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालयमा शनिबार संघीय सरकारको कृषिमन्त्री गीता चौधरीको उपस्थितिमा ‘जनतासँग गुनासो सुनुवाइ तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ ।

    कार्यक्रममा स्थानीय बासिन्दाले आफ्ना समस्या, गुनासा तथा सुझाव मन्त्री चौधरीसमक्ष राखेका थिए । स्थानीयस्तरमा देखिएका विभिन्न समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय तथा आवश्यक पहल गर्ने प्रतिबद्धता मन्त्री चौधरीले व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य कन्हैया बनिया, ज्ञानु पौड्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका जिल्ला सचिव ज्ञानेन्द्र पाण्डेय, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सचिवालयकातर्फबाट जितेन्द्र यादवलगायत रास्वपाका नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको सहभागीता रहेको थियो ।

    ffff.jpg

    कार्यक्रमले स्थानीय नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने र समाधानका लागि सम्बन्धित निकायसम्म पुर्याउने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।