२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

रुपन्देही–१ बाट काँग्रेस केन्द्रीय सदस्य रज्जाक महाधिवेशन प्रतिनिधिमा निर्वाचित

शुक्रवार , आश्विन १६, २०८३

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, १६ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक रुपन्देही क्षेत्र नम्बर १ बाट पार्टीको केन्द्रीय महाधिवेशनमा निर्वाचित हुनुभएको छ । काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन अन्तर्गत भएको प्रतिनिधि चयन प्रक्रियाबाट उहाँ निर्वाचित हुनुभएको हो ।

    पूर्व खानेपानी राज्यमन्त्री तथा काँग्रेसका पूर्व जिल्ला सभापति समेत रहनुभएका रज्जाक खुल्लातर्फ ५७५ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । रज्जाक हाल लुम्बिनी प्रदेश सभा सदस्य समेत हुनुहुन्छ ।

    27f8dc73-9c26-415f-bde2-8e77cd2bf99f.jpg

    क्षेत्र नम्बर १ बाट ३३ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।