शुक्रवार , आश्विन १६, २०८३
भैरहवा, १६ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक रुपन्देही क्षेत्र नम्बर १ बाट पार्टीको केन्द्रीय महाधिवेशनमा निर्वाचित हुनुभएको छ । काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशन अन्तर्गत भएको प्रतिनिधि चयन प्रक्रियाबाट उहाँ निर्वाचित हुनुभएको हो ।
पूर्व खानेपानी राज्यमन्त्री तथा काँग्रेसका पूर्व जिल्ला सभापति समेत रहनुभएका रज्जाक खुल्लातर्फ ५७५ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । रज्जाक हाल लुम्बिनी प्रदेश सभा सदस्य समेत हुनुहुन्छ ।
क्षेत्र नम्बर १ बाट ३३ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij