२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

अर्घाखाँचीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

शुक्रवार , जेठ ७, २०७८

अर्घाखाँची, ७ जेष्ठ

अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ११ जना, भुमिकास्थान नगरपालिकामा ४ जना,शितगंगा नगरपालिकामा २१ जना, मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १७ सय ९९ पुगेको छ । आज जिल्लाभर बाट कोरोना निको भएर ३८ जना डिस्चार्ज भएसंगै हाल सम्म डिस्चार्ज हुनेको संख्या ९ सय ७९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब जिललमा सक्रिय कोरोना संक्रमित संख्या ७ सय ७५ पुगेको छ । यता जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट २ जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नम्बर १ का ३१ वर्षिय पुरुष र मालारानी गाउँपालिका वडा नम्बर ७ का ७८ वर्षका पुरुषको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । कोरोना संक्रमण बाट हाल सम्म जिल्लामा ४५ जनाको मृत्यु भएको छ ।