आइतवार , आश्विन ४, २०८३
भैरहवा, ४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरण भएपछि जिल्लास्तरमा पनि समायोजन कार्यक्रम भइरहेको छ । सोही क्रममा शनिबार रुपन्देहीमा समायोजन कार्यक्रम सम्पन्न भएको छ ।
भैरहवामा भएको समायोजन कार्यक्रममा सियाराम यादवको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको जसपा नेपालको केन्द्रीय कार्यकारिणी सदस्य अम्बिका काफ्लेले बताउनुभयो । सियाराम यादवले यसअघि पनि जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
नवगठित समितिको उपाध्यक्षमा गोविन्द कहार, कलामुद्दीन खाँ, रवि यादव, सचिवमा विष्णु अधिकारी, सह–सचिवमा जयशंकर पाठक, सुनिता खड्लुक र कोषाध्यक्षमा सन्त कुमार धवल चयन हुनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij