२०८३, कार्तिक २ गते

Oct 18 2026 | २०८३, कार्तिक २ गते

पक्लिहवा कृषि क्याम्पसबारे सांसद पौड्यालले गराइन सरकारको ध्यानाकर्षण

शुक्रवार , भाद्र २६, २०८३

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, २६ भदौ । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ मा सञ्चालित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (पक्लिहवा क्याम्पस) को बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको भएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद पौड्यालले क्याम्पसमा रहेका जीर्ण भवनहरुको मूल्यांकन तथा अध्ययन गरी पुर्ननिर्माण र मर्मत गरिनुपर्ने माग राख्नुभयो । ‘४८ वर्ष पुरानो यो क्याम्पस अहिले २७ विगाह कृषि फर्मसहित ४५ विगाह क्षेत्रफलमा सञ्चालित छ । यहाँ स्नातक तह अन्तर्गत कृषि र पशु चिकित्सा विषयमा ६७४ जना विद्यार्थी अध्ययनरत छन् । र, हालै क्याम्पसको स्थलगत अवलोकन गर्दा र त्यहाँको विद्यार्थीहरुको गुनासो आएपछि हेर्न जाँदा साह्रै दयनीय अवस्थामा सञ्चालनमा रहेको छ, ’उहाँले भन्नुभयो । 

    उहाँले क्याम्पसमा जनशक्ति र दरबन्दीका विषयमा तत्काल सम्बोधन गर्न सरकारसँग माग राख्नुभयो । ‘२७ विगाहको कृषि फर्मलाई अनुसन्धान, उत्पादन र नवप्रवर्तनको रोलमोडल केन्द्रको रुपमा विकास गरियोस् । यो लुम्बिनी प्रदेशको  ठूलो सम्भावना भएको सैक्षिक संस्था हो । यसलाई राष्ट्रिय प्राथमिकतामा राखी दक्ष जनशक्ति उत्पादन र कृषि आत्मनिर्भरता बढाउने उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न राज्यको तत्काल ध्यानाकर्षण गर्दछु,’ सांसद पौड्यालले भन्नुभयो ।