शुक्रवार , भाद्र २६, २०८३
भैरहवा, २६ भदौ । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ मा सञ्चालित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (पक्लिहवा क्याम्पस) को बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको भएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद पौड्यालले क्याम्पसमा रहेका जीर्ण भवनहरुको मूल्यांकन तथा अध्ययन गरी पुर्ननिर्माण र मर्मत गरिनुपर्ने माग राख्नुभयो । ‘४८ वर्ष पुरानो यो क्याम्पस अहिले २७ विगाह कृषि फर्मसहित ४५ विगाह क्षेत्रफलमा सञ्चालित छ । यहाँ स्नातक तह अन्तर्गत कृषि र पशु चिकित्सा विषयमा ६७४ जना विद्यार्थी अध्ययनरत छन् । र, हालै क्याम्पसको स्थलगत अवलोकन गर्दा र त्यहाँको विद्यार्थीहरुको गुनासो आएपछि हेर्न जाँदा साह्रै दयनीय अवस्थामा सञ्चालनमा रहेको छ, उहाँले भन्नुभयो ।
उहाँले क्याम्पसमा जनशक्ति र दरबन्दीका विषयमा तत्काल सम्बोधन गर्न सरकारसँग माग राख्नुभयो । ‘२७ विगाहको कृषि फर्मलाई अनुसन्धान, उत्पादन र नवप्रवर्तनको रोलमोडल केन्द्रको रुपमा विकास गरियोस् । यो लुम्बिनी प्रदेशको ठूलो सम्भावना भएको शैक्षिक संस्था हो, ’सांसद पौड्यालले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij