२०८३, भाद्र २६ गते

Sep 11 2026 | २०८३, भाद्र २६ गते

क्षेत्री समाज सिद्धार्थनगरद्वारा बाढीप्रभावितलाई एकलाख सहयोग

शुक्रवार , भाद्र २६, २०८३

  • 220
    Shares
  • 220
    Shares
  • भैरहवा, २६ भदौ । क्षेत्री समाज नेपाल सिद्धार्थनगर भैरहवाले भोटेकोशी बाढीप्रभावित नागरिकको लागि सहयोग प्रदान गरेको छ । समाजका अध्यक्ष राजेन्द्र थापा क्षेत्रीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालमार्फत १ लाख १ हजार १ सय ६५ रुपैयाँ रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

    उक्त रकम रसुवा, नुवाकोट, धादिङमा भोटेकोशी, त्रिशुली बाढीले प्रभावितहरुको राहतमा खर्च गरिने अपेक्षा समाजले गरेको छ ।

    सहयोग रकम हस्तान्तरणपछि अध्यक्ष क्षेत्रीले भन्नुभयो–‘हामी क्षेत्री समुदायका सदस्यहरुले स्वतःस्फूर्त रुपमा संकलन गरेको रकम भोटेकोशी र त्रिशुली बाढीबाट पीडितहरुको लागि थोरै भए पनि सहयोग होस् भनेर सहयोग गरेका हौं ।’

    क्षेत्री समाज सिद्धार्थनगरले केही दिन अगाडी बाढीप्रभावित क्षेत्रमा रहेका घाइतेहरुको लागि रक्तदान अभियान पनि चलाएको थियो । सो अवसरमा ४७ यूनिट रक्त संकलन भएको थियो । क्षेत्री समाजले सामाजिक क्षेत्रमा र विपत्तिको समयमा अग्रभागमा रही कार्य गर्दै आएको जनाएको छ ।