बुधवार , भाद्र २४, २०८३
जब लाल जिब्रो पट्याएर मुखभित्र
पस्थेँ भान्सामा चाल मार्दै
देख्थेँ–
आलुजस्तै पोलेर अँगेनामा
मेरी आमा लुकी लुकी खानु हुन्थ्यो, माटाका डल्ला ।
अक्सर बाले गाली गरेको सुन्थेँ आमालाई
‘माटो आइमाइ हो
अबदेखि नखानू
तिमीले यसपालि पाउनुपर्छ छोरा ।’
भूपिनको ‘माटो खाने केटी’ कविताले मस्तिष्कमा ठूलै झन्का दिएको छ । अचेल माटोमा नि लैंगिक विभेद भेटिएको छ । छोरा चाहिने समाजले माटोसँगको नाता पनि महिला नै देखेको छ । समाज जति सजग, शिक्षित र समुन्नत हुँदै गएको छ, पुरिनुपर्ने असमानता र विभेदका खाडलहरु झन् खनिदै गएका छन् ।
विमला तुम्खेवाको ‘बगिरहेको खोलाको कथा हो’ शीर्षकको कवितामा विद्रोह देख्छु म त । उनले ढुंगा, गिट्टी, बालुवा खानेहरुमाथि ठूलो प्रहार गरेकी छिन् । उनीहरुले टण्डर खोलेर ठेक्का पारेको दिन खाने ह्विस्की, बियर र रक्सीहरु आमाका रगत समान छन् सायद । त्यसैले उनी आफ्नो कविताका हरफहरुमा लेख्छिन्–
सरकार स्टार होटलको गुप्त कोठाभित्र
ह्विस्की डकार्छ
सोकल्ड मानव अधिकारकर्मीहरु
केवल ढुंगा, गिटी र मोटोको थुप्रो देख्छन्
कालीगण्डकी
र,
सेलीब्रेट गर्छन् ठेकेदारहरु टेण्डर उत्सवहरुमा ।
हरित हस्ताक्षर कवितासङ्ग्रहमा सङ्ग्रहित कविताहरुले प्रकृतिलाई नारीसँग तुलना गर्दै अघि बढिरहेको छ । नारी, प्रकृतिको अनुपम उपहारमात्र होइन, उपहारभित्रको सुन्दरता हो भनी दाँजिएको परिवेश छ । प्रकृतिलाई सजाउने नारी हुन् भन्ने तथ्यलाई प्रमाणसहित खोजेको छ । जति प्रकृति कोमल तर कठोर छिन् त्योभन्दा धेरै संघर्षशील र सफलतान्मुख छिन् भन्ने कुरा कवितासङ्ग्रह पढेपछि हेक्का हुन्छ ।
नदीका सङ्घर्षहरु
सगरमाथा आरोही
तेञ्जिङ नोर्गे शेर्पा
एडमण्ड हिलारी
नदीका सङ्घर्षहरु
चन्द्रमाका आरोही
नील आर्मस्ट्रङको
भन्दा कम छैन
साना छैनन् चुनौतीहरु
साना छैनन् जिम्मेवारीहरु
साना छैनन् कर्तव्यहरु
माथि उल्लेखित कविताका हरफहरु ‘नदी र मान्छे’ शीर्षकबाट साभार गरिएको हो । जहाँ विष्णु थिङले नदीलाई अनेक व्यक्तित्वसँग दाँजेकी छिन् । भाद्र १० गते, रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको बाढीलाई हामीले अनुमान गर्न मात्र सक्छौं कि नदीको शक्ति कति हुँदोरहेछ ? कति वलशाली हुँदोरहेछ र विनाशकारी पनि ।
‘भष्मासुरको ताण्डव’ कवितामा भवानी खतिवडा कवितामार्फत् यसरी पोखिन्छिन्–
अब सोचौं–
मानसिक सन्तुलन गुमेको
कुनै मान्छेको हातमा
बन्दूक थमाइदियो भने के हुन्छ ?
कुनै इलाकाको राजा बनाइदियो भने के हुन्छ ?
..आज पृथ्वीमा भएको पनि यही नै हो ।
जहाँसुकै, जसरी नि प्रकृतिलाई कब्जामा लिने मानवीय दुष्प्रयास नै मानवजीवनका लागि घातक सावित हुँदै गएको छ । सुन्दर, सबैका लागि उपयोगी प्रकृतिलाई जसरी दोहोन गरिएको छ, यसले विनासको बाटो खोजीरहेको छ । प्रकृतिलाई जोगाउनु नै मानिसको दीर्घायूपना बढ्नु हो । प्रकृति, संस्कृति र प्रविधिलाई समानुकूल प्रयोग गर्दै जानुपर्छ । तर, विनाशको बाटो रोज्नु नै दुर्भाग्यपूर्ण आवस्थाको सामना गर्न तयार हुनु हो । भवानीको कविताले मानिसहरुलाई प्रश्न गरिरहेकी छिन् । यही प्रश्नले नै विनासलाई रोकेर संरक्षणमा लाग्न सकारात्मक प्रेरणा दिने छ ।
जुनू रानाले आफ्नो कविता पईङ ‘खोलाको लय’ मा भन्छिन्–
प्रवासको झरीले
लगाएको जुत्ता भिजाएपछि आज
सडकको ढलबाट
खसिरहेको पानी देखेर फेरि
नोस्टाल्जिक भो रे उसको मन
सम्झियो रे उसले
पईङ खोलाको समीपता
जहाँ उसले आफ्नो बालखण्ड
सिंचाइँ गरेकी थिइ
त्यही पईङ खोलाजस्तै
जीवन पनि ओरालो बग्दो छ ।
आखिर जीवन र खोला ओरालो नै बग्दोरहेछ भन्ने सन्देशले मनै चसक्क पार्दोरहेछ ।
लुटेर हिमालको ऐश्वर्य
बाँकी राखेको छ कङ्काल कालापत्थर
थिचोरेर पहाडको सौन्दर्य
छाडिदिएको छ पहिरोका डोबहरु
मिसाएर नदीमा फोहोरको दुर्गन्ध
कुन गन्तव्य चाहिरहेछ मान्छे ?
कुन सभ्यता खोजिरहेछ मान्छे ?
‘किन कि म सृष्टि हुँ’ कवितामा टीका आत्रेयको कवितात्मक झटारो वा प्रहार सशक्त छ । जलवायु परिवर्तन नै मानवीयजीवनको एउटा कारक तत्व बन्न पुगेको वर्तमान परिवेशमा यो कविताका हरफहरुले मनै छुन्छ ।
‘आदिवासी महिलाको प्रश्न’ शीर्षकको कवितामा रमेश प्रभात यसरी मालिकसँग बिन्ति बिसाउँदैछन्–
मालिक !
पोखरी मेरो जीवन हो
पोखरीको छेउमा म घोँगी टिप्छु
पोखरीमा पसेर माछा मार्छु
त्यो घोँगी र माछाले
म र मेरो परिवारको छाक टर्छ
फूलले पेट भरिएको
देख्नुभएको छ र कतै ?
कति हृदयविदारक प्रश्न छ । कसैलाई सुन्दरताले आँखाको विष मार्छ कसैलाई फूलले भेट भर्दैन । प्रकृति प्रयोगका लागि कि सौन्दर्यका लागि ? प्रकृति बाँच्नका लागि कि बचाउनका लागि ? प्रश्न‘
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij