बुधवार , भाद्र २४, २०८३
भैरहवा, २४ भदौ । राष्ट्रिय सचिव पदबाट राजीनामा दिनुभएका नेता भोपेन्द्र प्रसाद यादवले पार्टीको दोस्रो महाधिवेशनमा सहभागी नहुने बताउनुभएको छ । गत साउन ११ गते यादवले राजीनामा दिनुभएको थियो ।
‘सचिव पदबाट राजीनामा दिइसकेकोले पार्टीको महाधिवेशनमा सहभागी हुन उचित नहुने भएकाले नजाने निष्कर्षमा पुगेको छु,’ उहाँले भन्नुभयो ।
यादव २०७९ र २०८२ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।
जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगंजमा हुने भएको छ । महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सम्पूर्ण पदका लागि असोज १ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ । महाधिवेशनको तयारी चलिरहँदा यादवले यस्तो बताउनुभएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij