२०८२, कार्तिक २० गते

Nov 06 2025 | २०८२, कार्तिक २० गते

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्यमन्त्री पोखरेललाई कारवाही गर्न माग

बिहिवार , जेठ ६, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, ६ जेठ । 
    बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कारवाही गर्न नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको कार्यालय लुम्बिनी प्रदेशले माग गरेको छ ।

    मुख्यमन्त्री पोखरेलले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै नेकपा एमालेका उम्मेदवार राम बहादुर थापा ‘बादल’ को पक्षमा मत मागेकाले उनलाई कारवाही गर्न माग गरिएको कांग्रेस प्रदेश सभा संसदीय दलको कार्यालयले जनाएको छ ।
    मुख्यमन्त्री पोखरेलले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापालाई मतदान गर्न अपील गरेका थिए ।

    नेपाली कांग्रेस, लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता विरेन्द्र कुमार कानोडियाको सचिवालयले निर्वाचन आयोगलाई पत्र पठाउँदै आचारसंहिता उल्लंघन गरेकोले मुख्यमन्त्री पोखरेललाई कारवाही गर्न माग गरेका हुन् ।  मुख्यमन्त्री पोखरेलद्वारा सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन गर्नुभएकोले कारवाहीको माग गरिएको संसदीय दलका नेता विरेन्द्र कुमार कानोडियाका स्वकीय सचिव सन्जीब बश्यालले बताए । 

    ‘आचारसंहिताविपरीत मुख्यमन्त्री पोखरेलले नै अमूक उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुलाई अपील गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्तविपरीत छ’–पत्रमा भनिएको छ–‘यसकारण निर्वाचन आचारसंहिता २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) वमोजिम मुख्यमन्त्रीलाई कारवाही गरिनुपर्छ ।’