बुधवार , भाद्र १७, २०८३
काठमाडौँ,१७ भदौ । चीनले सन् २०२६ मा जापानको आइची–नागोयामा आयोजना हुने २० औँ एशियाली खेलकुदमा करिव ५८० खेलाडी पठाउने घोषणा गरेको छ ।
‘स्पोट्र्स फेडरेसन एण्ड ओलम्पिक कमिटी अफ हङकङ, चाइना’ ले मंगलवार आयोजित एक विशेष झण्डा हस्तान्तरण समारोहमा यससम्बन्धी औपचारिक जानकारी दिएको हो । आगामी सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा हङकङले ३८ वटा खेल विधामा प्रतिष्पर्धा गर्नेछ । हङकङको कुल प्रतिनिधिमण्डल ८०० सदस्यीय हुने बताइएको छ, जसमा ५८० जना खेलाडीहरू रहनेछन् ।
समारोहका क्रममा एसएफएण्डओसीका अध्यक्ष टिमोथी फोक सुन–तिङले यस पटकको एशियाली खेलकुद विभिन्न शहरहरूमा आयोजना हुने भएकाले टोलीको व्यवस्थापन र समन्वयमा केही चुनौतीहरू हुनसक्ने उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij