२०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

बाढीपीडितलाई क्रिमसनको ७ लाख बढी सहयोग

सोमवार , भाद्र १५, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, १५ भदौ । क्रिमसन कलेज अफ टेक्नोलोजी प्रा.लि. र क्रिसमन अस्पतालले रसुवागढीका बाढीपीडित नागरिकको सहयोगार्थ ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरेको छ । 

    भोटेकोशी तथा त्रिशुली नदीमा आएको बिनाशकारी बाढीबाट विस्थापित नागरिकलाई राहत तथा पुनस्र्थापना गर्नका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम जम्मा गरिएको क्रिमसन कलेज अफ टेक्नोलोजीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

    कलेज तथा अस्पतालमा यस वर्ष तीजको दरखाने कार्यक्रममा खर्च हुने रकमसहित संस्थाकातर्फबाट थप गरी राहत कोषमा रकम जम्मा गरिएको हो । क्रिमसन कलेज अफ टेक्नोलोजी अन्तर्गत बुटवल उपमहानगरपालिका–११ देविनगरमा क्रिमसन कलेज र तिलोत्तमा ५ मणिग्राममा क्रिमसन अस्पताल सञ्चालनमा छन् ।

    कलेजमा व्यवस्थापन, फार्मेसी तथा नर्सिङ शिक्षा अध्यापन हुने गरेको छ । १ सय बेडको क्रिमसन अस्पतालले सबै खाले बिरामीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।