२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

अर्घाखाँची सिमेन्टद्वारा बाढीप्रभावितका लागि १ करोड ११ लाख सहयोग

आइतवार , भाद्र १४, २०८३

  • 67
    Shares
  • 67
    Shares
  • भैरहवा, १४ भदौ । रसुवामा हालै गएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

    अर्घाखाँची सिमेन्टका सञ्चालकहरूले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

    बाढीप्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आफूहरु बाढीपीडितहरुसँगै रहेको कम्पनीका सञ्चालक राजेश कुमार अग्रवालले बताउनुभयो । यो सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनस्र्थापनाका कार्यमा टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । 

    रकम हस्तान्तरण कार्यक्रममा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकासहित अन्य प्रतिनिधिको समेत सहभागीता रहेको थियो ।

    साथै अर्घाखाँची सिमेन्ट लिमिटेडले बाढीमा ज्यान गुमाउनुहुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।