२०८३, भाद्र १४ गते

Aug 30 2026 | २०८३, भाद्र १४ गते

क्षत्री समाज नेपाल सिद्धार्थनगरद्वारा रक्तदान

आइतवार , भाद्र १४, २०८३

  • 157
    Shares
  • 157
    Shares
  • भैरहवा, १४ भदौ । भोटेकोशी र त्रिशुुलीको बाढीले निम्ताएको महाविपत्तिमा परेकाहरुको सहयोगार्थ रुपन्देहीको भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    क्षत्री समाज सिद्धार्थनगर भैरहवाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४७ प्वाईन्ट रगत संकलन भएको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यतिबेला देश शोकाकुुल छ । यो समयमा जात, क्षेत्र र समुदाय भन्दा ठूलो मानवीयता हो ।’

    अध्यक्ष थापाले रसुुवा, नुुवाकोट, धादिङ क्षेत्रमा ठूलो संख्यामा ज्यान गुमाएका नागरिकप्रति श्रदाञ्जली व्यक्त गर्दै बाढीले बेपत्ताको खोजीमा सबैको सक्रिय सहभागीता जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोटेकोशी र त्रिशुलीको बाढीले हजारौं घरबार बगाएको छ । हजारौं हाम्रा दाजुुभाई दिदीबहिनी हराइरहेका छन् । कतिपयको उद्धार भइ उपचार भइरहेको छ । कतिपय उद्धारको पखाईमा छन् । यी सबैको साथमा हामी छौं ।’

    ddeee.jpg

    शनिबार बिहान बुुद्धचोकमा आयोजना कार्यक्रममा उक्त रगत संकलन गरिएको हो । उत्तरको छिमेकी मुुलुक चिनको तिब्बतमा रहेको हिमताल फुुट्दा भोटेकोशी र त्रिशुलीको बहाव बढ्दा रसुवा, नुुवाकोट, धादिङका ठूलो मानविय तथा भौतिक क्षति भएको छ । बाढीले हजारौं मानिसहरु घाइते भएका छन् । कतिपय अहिले पनि हराइरहेका छन् । घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको लागि आवश्यक रगत भैरहवामा पनि संकलन गरिएको हो ।

    क्षत्री समाज सिद्धार्थनगर भैरहवाको आयोजित रक्तदान कार्यक्रमले मानवीय सेवामा महत्वपूर्ण काम गरेको नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले बताउनुभयो ।

    dddd.jpg

    रक्तदान कार्यक्रममा क्षत्री समाजका अगुवा, सदस्यहरु तथा अन्य जाति समुदायका व्यक्तिहरुको सहभागीता रहेको क्षत्री समाज महिला समितिको अध्यक्ष पवित्रा पछाईले बताउनुभयो ।